Policy:Universal Code of Conduct/ne: Difference between revisions

From Wikimedia Foundation Governance Wiki
Content deleted Content added
Imported translation using page migration
FuzzyBot (talk | contribs)
Updating to match new version of source page
 
(17 intermediate revisions by 3 users not shown)
Line 1: Line 1:
<noinclude>
<languages />
= विश्वव्यापी आचार संहिता =
<languages />{{DISPLAYTITLE:विकिमिडिया फाउन्डेसन विश्वव्यापी आचार संहिता}}
{{Help translate/Universal Code of Conduct}}
{{policy-board}}
</noinclude>
{{policy-board|note=[[फाउन्डेसनको बोर्डद्वारा प्रस्ताव]], विश्वविद्यालय आचार संहिता (यूसिओसी) सबै विकिमिडिया परियोजनाहरू र खाली स्थानहरूका साथै फाउन्डेसनका गतिविधिहरूमा लागू हुन्छ, जसमा यसले आयोजना गर्ने घटनाहरू र कार्यक्रमहरू समावेश छन् जुन यसले कोष वा अन्य स्रोतहरूको साथ समर्थन गर्दछ।|nosidebar=true}}
{{Universal Code of Conduct/Header|active=1}}
<span id="Why_we_have_a_Universal_Code_of_Conduct"></span>
<span id="Why_we_have_a_Universal_Code_of_Conduct"></span>
== किन हामीलाई विश्वव्यापी आचार संहिताको आवश्यकता रहेको छ ==
== किन हामीलाई विश्वव्यापी आचार संहिताको आवश्यकता रहेको छ ==
Line 32: Line 35:
प्रत्येक विकिमिडियन, एउटा नयाँ सम्पादकदेखि अनुभवी सम्पादकसम्म, सामुदायिक कार्यवाहक, सम्बद्ध वा विकिमिडिया फाउन्डेसन कार्यकारी समिति सदस्य वा कर्मचारी, आफ्नो व्यक्तिगत व्यवहारको लागि जिम्मेवार छन्।
प्रत्येक विकिमिडियन, एउटा नयाँ सम्पादकदेखि अनुभवी सम्पादकसम्म, सामुदायिक कार्यवाहक, सम्बद्ध वा विकिमिडिया फाउन्डेसन कार्यकारी समिति सदस्य वा कर्मचारी, आफ्नो व्यक्तिगत व्यवहारको लागि जिम्मेवार छन्।


सबै विकिमिडिया परियोजनाहरू, स्थान र कार्यक्रमहरूमा आदरपूर्ण व्यवहार, शिष्टता, सामूहिकता, एकजुटता र असल नागरिकता स्थापित गरिनेछ। उमेर, मानसिक वा शारीरिक अशक्तता, शारीरिक उपस्थिति, राष्ट्रिय, धार्मिक, जातीय र सांस्कृतिक पृष्ठभूमि, जाति, सामाजिक वर्ग, भाषा प्रवाह, यौन झुकाव, लैङ्गिक पहिचान, लिङ्ग वा करियर क्षेत्र जस्ता विषयहरूमा भेदभाव नगरि यो सबै योगदानकर्ता र सहभागीसँग कुराकानी गर्दा सबै योगदानकर्ता र सहभागीहरूमाथि लागु हुन्छ। यसका साथै हामी उपलब्धि, कौशल वा विकिमिडिया परियोजनाहरू वा अभियानको आधारमा भेदभाव गर्नेछौ।
सबै विकिमिडिया परियोजनाहरूमा, स्थान र कार्यक्रमहरूमा आदरपूर्ण व्यवहार, शिष्टता, सामूहिकता, एकजुटता र असल नागरिकता स्थापित गरिनेछ। उमेर, मानसिक वा शारीरिक अशक्तता, शारीरिक उपस्थिति, राष्ट्रिय, धार्मिक, जातीय र सांस्कृतिक पृष्ठभूमि, जाति, सामाजिक वर्ग, भाषा प्रवाह, यौन झुकाव, लैङ्गिक पहिचान, लिङ्ग वा करियर क्षेत्र जस्ता विषयहरूमा भेदभाव नगरि यो सबै योगदानकर्ता र सहभागीसँग कुराकानी गर्दा सबै योगदानकर्ता र सहभागीहरूमाथि लागु हुन्छ। यसका साथै हामी उपलब्धि, कौशल वा विकिमिडिया परियोजनाहरू वा अभियानको आधारमा भेदभाव गर्नेछैनौँ।


<span id="2.1_–_Mutual_respect"></span>
<span id="2.1_–_Mutual_respect"></span>
Line 58: Line 61:


यसमा सामेल छ तर सीमित भने छैन:
यसमा सामेल छ तर सीमित भने छैन:
* '''सल्लाहकार र प्रशिक्षण:''' नयाँ आउने योगदानकर्ताहरूलाई सही बाटो देखाउन र आवश्यक कौशल प्राप्त गराउन सहयोग गर्न।
* <span class="mw-translate-fuzzy">'''सल्लाहकार र प्रशिक्षण:''' नयाँ आउने योगदानकर्ताहरूलाई सही बाटो देखाउन र आवश्यक कौशल प्राप्त गराउन सहयोग गर्न।</span>
* '''साथी योगदानकर्ताहरूलाई हेर्नुहोस्:''' सहयोगको आवश्यकता गर्नुपर्ने देखिएमा आफ्नो सहकर्मी योगदानकर्तालाई आवश्यक सहयोग गर्नुहोस्, र विश्वव्यापी आचार संहिताको मापदण्ड अनुरूप कुनै योगदानकर्तालाई अपेक्षित व्यवहार गरेको देखिएमा उनीहरूको समर्थनमा आफ्नो मत राख्नुहोस्।
* '''साथी योगदानकर्ताहरूलाई हेर्नुहोस्:''' सहयोगको आवश्यकता गर्नुपर्ने देखिएमा आफ्नो सहकर्मी योगदानकर्तालाई आवश्यक सहयोग गर्नुहोस्, र विश्वव्यापी आचार संहिताको मापदण्ड अनुरूप कुनै योगदानकर्तालाई अपेक्षित व्यवहार गरेको देखिएमा उनीहरूको समर्थनमा आफ्नो मत राख्नुहोस्।
* '''योगदानकर्ताद्वारा गरिएको कार्यलाई पहिचान र श्रेय दिनुहोस्:''' उनीहरूको सहयोग र कार्यको लागि उनीहरूलाई धन्यवाद दिनुहोस्। आवश्यकता अनुसार तिनीहरूको प्रयासको सराहना गर्नुहोस् र श्रेय दिनुहोस्।
* '''योगदानकर्ताद्वारा गरिएको कार्यलाई पहिचान र श्रेय दिनुहोस्:''' उनीहरूको सहयोग र कार्यको लागि उनीहरूलाई धन्यवाद दिनुहोस्। आवश्यकता अनुसार तिनीहरूको प्रयासको सराहना गर्नुहोस् र श्रेय दिनुहोस्।
Line 93: Line 96:
यसमा सामेल छ तर सीमित भने छैन:
यसमा सामेल छ तर सीमित भने छैन:
* उचित छलफल वा स्पष्टीकरण नदिएरै कुनै पनि सामग्रीलाई प्रबल स्वेच्छा वा निरुत्साहित तरिकाले हटाउने
* उचित छलफल वा स्पष्टीकरण नदिएरै कुनै पनि सामग्रीलाई प्रबल स्वेच्छा वा निरुत्साहित तरिकाले हटाउने
* तथ्याङ्क वा दृष्टिकोणको विशिष्ट व्याख्यालाई समर्थन गर्न व्यवस्थित रूपमा सामग्रीलाई हेरफेर गर्नु (अविश्वसनीय वा जानाजानी झुटो स्रोतहरू प्रस्तुत गर्ने र सम्पादकीय सामग्री रचनाको सही तरिका परिवर्तन गर्दै।)
* <span lang="en" dir="ltr" class="mw-content-ltr">Systematically manipulating content to favour specific interpretations of facts or points of view (also by means of unfaithful or deliberately false rendering of sources and altering the correct way of composing editorial content)</span>
* अभद्र भाषा, वा भेदभावपूर्ण भाषा अभिव्यक्तिको एक रूप हो जसको उद्देश्य उनी वा उनको व्यक्तिगत विश्वासको आधारमा व्यक्तिहरू वा समूहहरू विरुद्ध घृणा जगाउने, अपमानित गर्ने इच्छा राख्ने गर्छ।
* <span lang="en" dir="ltr" class="mw-content-ltr">Hate speech in any form, or discriminatory language aimed at vilifying, humiliating, inciting hatred against individuals or groups on the basis of who they are or their personal beliefs</span>
* अरूलाई डराउने वा हानी पुर्‍याउने उद्देश्यले प्रतीक, चित्र वा सामग्रीको अनुचित प्रयोग।
* <span lang="en" dir="ltr" class="mw-content-ltr">The use of symbols, images, categories, tags or other kinds of content that are intimidating or harmful to others outside of the context of encyclopedic, informational use. This includes imposing schemes on content intended to marginalize or ostracize.</span>


<noinclude>
[[Category:Universal Code of Conduct{{#translation:}}| ]]
[[Category:Universal Code of Conduct{{#translation:}}| ]]
</noinclude>

Latest revision as of 07:50, 31 March 2024

विकिमिडिया फाउन्डेसन विश्वव्यापी आचार संहिता

किन हामीलाई विश्वव्यापी आचार संहिताको आवश्यकता रहेको छ

हाम्रो मूल लक्ष्य 'एउटा यस्तो विश्व जहाँ सबै मानिसहरूले आफ्नो मानवीय ज्ञानलाई साझा गर्न सकछन्' प्राप्तिको लागि विकिमिडिया परियोजना र स्थानहरूमा सक्रिय रूपमा सहभागी हुन हामीले सकेसम्म धेरै मानिसहरूलाई सशक्त बनाउनमा विश्वास गर्दछौँ। हामीलाई विश्वास छ कि हाम्रो समुदायका योगदानकर्ताहरू विविधतापूर्ण, समावेशी र सम्भव भएसम्म पहुँचयोग्य हुनुपर्छ। हामी चाहन्छौँ कि यी समुदायहरू सकारात्मक, सुरक्षित र स्वस्थ हुनुपर्छ जसले गर्दा सामेल हुने जो कोही यसमा रमाउन सकोस्। साथै, हामी आफ्नो परियोजनाहरूलाई सामग्री बिगार्ने वा विकृत गर्ने बिरूद्ध सुरक्षित गर्न चाहन्छौँ।

विकिमिडिया लक्ष्यको अनुरूप, जुन सबै विकिमिडिया परियोजना र स्थानहरूमा संलग्न हुनेछ:

  • एउटा यस्तो संसार बनाउनमा सहायता गर्नुहोस् जसमा जो कोहीले स्वतन्त्र रूपमा ज्ञानको योगमा साझा गर्न सकोस्
  • एउटा विश्वव्यापी समुदायमा भाग लिनुहोस् जसमा पूर्वाग्रह र पक्षपातबाट जोगिन सकिनेछ, र
  • गरे भएका सबै कार्यहरूमा सटीकता र प्रमाणिकता ल्याउने दिशामा प्रयास गर्नुहोस्।

यो विश्वव्यापी आचार संहिता (युसिओसी) अपेक्षित र अस्वीकार्य व्यवहारको दिशानिर्देशहरूको न्यूनतम समूहलाई परिभाषित गर्दछ। यो अनलाइन र अफलाइन विकिमिडिया परियोजनाहरू र स्थानहरूमा अन्तरक्रिया र योगदान पुर्‍याउने सबैमाथि लागू हुन्छ। यसमा नयाँ र अनुभवी योगदानकर्ताहरू, परियोजनाभित्रका कार्यकारीहरू, कार्यक्रम आयोजकहरू र सहभागीहरू, सम्बद्धता समूहका सदस्य र कर्मचारीहरू र विकिमेडिया फाउन्डेसनका न्यासी समितिका सदस्यहरू सामेल छन्। यो सबै विकिमिडिया परियोजनाहरू, प्राविधिक स्थल, व्यक्तिगत र आभासी कार्यक्रमहरू, साथै निम्न स्थानहरूमा लागु हुन्छ:

  • निजी, सार्वजनिक र अर्ध-सार्वजनिक अन्तर्क्रिया
  • समुदायका सदस्यहरूबिच हुने असहमति र एकताको अभिव्यक्तिको लागि छलफल
  • प्राविधिक विकासका मुद्दाहरू
  • सामग्री योगदानको पक्ष
  • बाह्य साझेदारहरूसँग सम्बद्ध/समुदाय प्रतिनिधित्वको मामिलाहरू।

१ – परिचय

विश्वव्यापी आचार संहिता सम्पूर्ण विकिमिडिया परियोजनाहरूमा सहयोगको लागि व्यवहारसम्बन्धी आधार प्रदान गर्ने गर्दछ। स्थानीय र सांस्कृतिक सन्दर्भहरूलाई ध्यानमा राख्दै विकी समुदायले न्यूनतम मानकको रूपमा यहाँ सूचीबद्ध मापदण्डलाई उपयोग गरेर यसमा सामुदायिक नीति जोड्न सक्छन्।

विश्वव्यापी आचार संहिता कुनै पनि अपवाद बिना सबै विकिमिडियन्सहरूमाथि समान रूपमा लागु हुन्छ। विश्वव्यापी आचार संहिताको विपरित कार्यहरू गरेको पाइएमा प्रतिबन्ध समेत लगाउन सकिन्छ। यो मञ्चको कानुनी मालिकको रूपमा विकिमिडिया फाउन्डेसन वा स्थानीय प्रसङ्गमा उपयुक्त हुने नामित कार्यकारीहरूद्वारा लागु गर्न सकिन्छ।

२ – अपेक्षित व्यवहार

प्रत्येक विकिमिडियन, एउटा नयाँ सम्पादकदेखि अनुभवी सम्पादकसम्म, सामुदायिक कार्यवाहक, सम्बद्ध वा विकिमिडिया फाउन्डेसन कार्यकारी समिति सदस्य वा कर्मचारी, आफ्नो व्यक्तिगत व्यवहारको लागि जिम्मेवार छन्।

सबै विकिमिडिया परियोजनाहरूमा, स्थान र कार्यक्रमहरूमा आदरपूर्ण व्यवहार, शिष्टता, सामूहिकता, एकजुटता र असल नागरिकता स्थापित गरिनेछ। उमेर, मानसिक वा शारीरिक अशक्तता, शारीरिक उपस्थिति, राष्ट्रिय, धार्मिक, जातीय र सांस्कृतिक पृष्ठभूमि, जाति, सामाजिक वर्ग, भाषा प्रवाह, यौन झुकाव, लैङ्गिक पहिचान, लिङ्ग वा करियर क्षेत्र जस्ता विषयहरूमा भेदभाव नगरि यो सबै योगदानकर्ता र सहभागीसँग कुराकानी गर्दा सबै योगदानकर्ता र सहभागीहरूमाथि लागु हुन्छ। यसका साथै हामी उपलब्धि, कौशल वा विकिमिडिया परियोजनाहरू वा अभियानको आधारमा भेदभाव गर्नेछैनौँ।

२.१ – पारस्परिक सम्मान

हामी आशा गर्छौँ कि सबै विकिमिडियनहरूले एक अर्काप्रति सम्मान जाहेर गरोस्। अनलाइन वा अफलाइन विकिमिडिया वातावरणमा व्यक्तिसँग कुराकानी गर्दा हामी एक आपसमा परस्पर आदरका साथ व्यवहार गर्नेछौँ।

यसले निम्न विषय समावेश गर्दछ तर सीमित भने छैन:

  • सहानुभूतिको अभ्यास गर्नुहोस्। सन्नुहोस् र बुझ्ने प्रयास गर्नुहोस् कि कुनै पनि विकिमिडियनलाई तपाईंले के भन्नुपर्नेछ। एउटा विकिमिडियनको रूपमा आफ्नो समझदारी, अपेक्षा र व्यवहारलाई चुनौती दिन र अनुकूलित गर्न तैयार हुनुहोस्।
  • सदैव राम्रो नियत राख्नुहोस् र रचनात्मक सम्पादन गर्नुहोस् तपाईंको योगदानले परियोजना वा कामको गुणस्तर सुधार गर्नुपर्दछ। राम्रो नियत राखेर प्रतिक्रिया दिनुहोस् र लिनुहोस्। आलोचना जहिले पनि संवेदनशील र रचनात्मक तरिकाले गरिनु पर्दछ। आलोचना समेत संवेदनशील र रचनात्मक तरिकाले दिनुपर्छ। सबै विकिमिडियन्सहरूले सहयोगात्मक तवरले परियोजनाहरूलाई स्तरीय बनाउन योगदान दिइरहेको बुझनुपर्छ जबसम्म ती सदस्य विरुद्ध कुनै प्रमाण उपलब्ध छैन तर यसको उपयोग हानि पुगाउने प्रभावित बयानहरूलाई सही तुल्याउनको लागि प्रयोग गरिनु हुन्न।
  • ती योगदानकर्ताहरूको नाम र वर्णन गर्ने तरिकालाई आदर गर्नुहोस्। व्यक्तिहरू आफैँलाई वर्णन गर्न विशिष्ट सर्त वा पदहरू प्रयोग गर्न सक्दछन्। ती व्यक्तिहरूसँग वा उनीहरूको बारेमा कुराकानी गर्दा समय निम्नलिखित शब्दहरूको उपयोग गर्नुहोस्। उदाहरणको लागि:
    • जातीय समूह आफुलाई वर्णन गर्नको लागि ऐतिहासिक रूपले उपयोग गर्ने नामको सट्टा एउटा विशिष्ट नामको उपयोग गर्न सक्छन्;
    • यस्तो नाम भएको मानिस जसले छुट्टा छुट्टै अक्षर, ध्वनि वा उनीहरूको भाषामा भएका शब्दहरूको प्रयोग गर्छन् जुन तपाईंको लागि अपरिचित हुन सक्छन्;
    • ती मानिसहरू जसले छुट्टा-छुट्टै नाम वा सर्वनामहरूको प्रयोग गरेर एउटा निश्चित यौन झुकाव वा लैङ्गिक पहिचान राखेर आफुलाई चिनाउने गर्छन्;
    • विशेष शारीरिक वा मानसिक अशक्तता भएका व्यक्तिहरूले आफुलाई वर्णन गर्न विशेष सर्तहरू प्रयोग गर्न सक्दछन्
  • व्यक्तिगत बैठकमा, हामी सबैलाई स्वागत गर्दछौँ र हामी एकअर्काको प्राथमिकता, संवेदनशीलता, परम्परा र आवश्यकताहरूको प्रति ध्यान राख्दछौँ र आदर गर्छौँ।

२.२ – नागरिकता, सामूहिकता, परस्पर समर्थन र राम्रो नागरिकता

हामी निम्नलिखित व्यवहार प्रति प्रयासरत्त छौँ:

  • नचिनेको व्यक्तिसहित मानिसहरू बिच व्यवहार र भाषणमा विनम्रता नै शिष्टाचार हो।
  • सामूहिकता त्यो मैत्री समर्थन हो जुन एउटा साझा प्रयासमा संलग्न व्यक्तिहरू एक आपसमा विस्तार गर्ने गर्दछ।
  • परस्पर समर्थनराम्रो नागरिकता भनेको विकिमिडिया परियोजनाहरू उत्पादनशील, रमाइलो र सुरक्षित स्थान हो र विकिमिडिया अभियानमा योगदान पुर्‍याउने सुनिश्चित गर्न सक्रिय जिम्मेवारी लिनु हो।

यसमा सामेल छ तर सीमित भने छैन:

  • सल्लाहकार र प्रशिक्षण: नयाँ आउने योगदानकर्ताहरूलाई सही बाटो देखाउन र आवश्यक कौशल प्राप्त गराउन सहयोग गर्न।
  • साथी योगदानकर्ताहरूलाई हेर्नुहोस्: सहयोगको आवश्यकता गर्नुपर्ने देखिएमा आफ्नो सहकर्मी योगदानकर्तालाई आवश्यक सहयोग गर्नुहोस्, र विश्वव्यापी आचार संहिताको मापदण्ड अनुरूप कुनै योगदानकर्तालाई अपेक्षित व्यवहार गरेको देखिएमा उनीहरूको समर्थनमा आफ्नो मत राख्नुहोस्।
  • योगदानकर्ताद्वारा गरिएको कार्यलाई पहिचान र श्रेय दिनुहोस्: उनीहरूको सहयोग र कार्यको लागि उनीहरूलाई धन्यवाद दिनुहोस्। आवश्यकता अनुसार तिनीहरूको प्रयासको सराहना गर्नुहोस् र श्रेय दिनुहोस्।

३ – अस्वीकार्य व्यवहार

विश्वव्यापी आचार संहिताको उद्देश्य समुदायका सदस्यहरूसँग गरिएको खराब व्यवहारको अवस्थालाई पहिचान गर्न सहयोग गर्नु हो। विकिमिडिया अभियानभित्र निम्नलिखित व्यवहारहरूलाई अस्वीकार्य मानिन्छ:

३.१ – उत्पीडन

यसमा मुख्यतया कुनै व्यक्तिलाई डराउने, अपमान गर्ने वा हैरान गर्नको लागि गरिएको कुनै पनि किसिमको व्यवहार सामेल छ। यदि एउटा व्यावहारिक व्यक्तिले सहन गर्न सक्ने अपेक्षा (यसमा सांस्कृतिक सन्दर्भ र सम्बद्ध व्यक्तिहरूको अपेक्षा) उसको क्षमताभन्दा बढी भयो भने व्यवहारले उत्पीडनको रूपमा लिन सक्छ। विशेष गरि जोखिममा रहेका व्यक्तिमाथि गरिने उत्पीडनले प्रायः भावनात्मक दुर्व्यवहारको रूप लिन्छ। केही अवस्थामा, एक पटक गरिएको व्यवहार उत्पीडनको स्तरमा नपुगेता पनि त्यसलाई पुन: गरेमा त्यो उत्पीडन हुन सक्छ। उत्पीडनले निम्नलिखित विषय समावेश गर्दछ तर सीमित भने छैन:

  • अपमान: यसमा नाम बोलाउने, रूढिवादी वा गाली गलौज शब्दहरूको उपयोग गर्ने, र व्यक्तिगत विशेषताहरूको आधारमा कसैमाथि आक्रमण गर्ने सामेल छ। अपमानले बुद्धिमत्ता, उपस्थिति, जातीयता, वंश, धर्म (वा त्यस्को कमी), संस्कृति, जाति, यौन अभिविन्यास, लिङ्ग, अपाङ्गता, उमेर, राष्ट्रियता, राजनीतिक सम्बद्धता, वा अन्य विशेषताहरूलाई सन्दर्भित गर्न सक्छ। केही मामिलाहरूमा सोझै व्यक्तिगत बयान नभए पनि पटक पटक गरिने ठट्टा, व्यङ्य, वा आक्रामकता सामूहिक रूपले अपमानको कारण बन्न सक्छ।
  • यौन उत्पीडन: एक अर्का प्रति कुनै प्रकारको यौन ध्यान वा अग्रिमता दिनु यथोचित रूपले अनावश्यक छ।
  • धमकी: स्पष्ट वा आंशिक रूपमा शारीरिक हिंसा, अनुचित असजिलोपन, अन्यायपूर्ण र अनुचित प्रतिष्ठित हानीको सम्भावना, वा कुनै तर्कलाई आफ्नो पक्षमा पार्नको लागि गम्भीर कानूनी कारवाहीको सुझाव दिएर धमकाउने वा आफ्नो इच्छा अनुसार व्यवहार गर्न बाध्य पार्ने।
  • अर्कालाई हानी पुर्‍याउन प्रोत्साहित गर्नु: यसले अरू कसैलाई आत्म-हानी गर्न वा आत्महत्या गर्न प्रोत्साहित गर्नुका साथै कसैलाई तेस्रो पक्ष विरुद्ध हिंस्रक आक्रमण गर्न प्रोत्साहित गर्नु समावेश गर्दछ।
  • व्यक्तिगत डेटाको प्रकटीकरण (डक्सिङ) : अन्य योगदानकर्ताहरूको निजी जानकारी, जस्तै कि नाम, कार्य स्थान, भौतिक वा इमेल ठेगानालाई तिनीहरूको स्पष्ट सहमति बिना विकिमिडिया परियोजना वा अन्य बाह्य स्थानहरूमा साझा गर्नु, वा परियोजना बाहिर उनीहरूको विकिमिडिया गतिविधि सम्बन्धमा जानकारी साझा गर्नु।
  • सताउनु: विकिमिडिया परियोजनामा एक व्यक्तिलाई पछ्याउने र पटक पटक सन्तोषजनक कामलाई मुख्य रूपले सताउने वा उनलाई हतोत्साहित गर्ने उद्देश्यले आलोचना गर्ने।
  • ट्रोलिङ: जानीजानी कुनै व्यक्तिलाई उकास्नको लागि नराम्रो जानकारी राख्नु वा छ्लफलमा बाधा पुर्‍याउनु।

३.२ – शक्ति, विशेषाधिकार, वा प्रभावको दुरुपयोग

जब कुनै वास्तविक वा कथित शक्ति, विशेषाधिकार वा प्रभावशाली व्यक्तिले अन्य व्यक्तिहरू प्रति अपमानजनक, क्रुर र/वा हिंसक व्यवहार गर्दा दुर्व्यवहार हुने गर्दछ। विकिमिडिया वातावरणमा, यो मौखिक वा मनोवैज्ञानिक दुर्व्यवहारको रूप लिन सक्छ र उत्पीडनसँग ग्रस्त हुन सक्छ।

  • कार्यकर्ता, अधिकारी र कर्मचारीहरूद्वारा कार्यालयको दुरुपयोग: परियोजनाका अधिकारयुक्त कार्यकर्ताले ज्ञान, वा स्रोतहरूको दुरुपयोग गर्नुका साथसाथै विकिमिडिया फाउन्डेसन वा विकिमिडिया सम्बद्ध समूहहरूका पदाधिकारी र कर्मचारीहरूले अरूलाई डराउन वा धम्की दिन प्रयोग गर्ने।
  • वरिष्ठता र सम्पर्कको दुरुपयोग: अरूलाई डराउने प्रयोजनको लागि कसैको पद र प्रतिष्ठाको उपयोग गर्नु। हामी यस अभियानमा महत्वपूर्ण अनुभव र सम्पर्क भएका व्यक्तिहरूलाई विशेष रेखदेख गर्न, सरल व्यवहार गर्न अपेक्षा गर्छौ किनभने उनीहरूको प्रतिकूल प्रतिक्रियाले अनजानमा विद्रोह हुनसक्छ। सामुदायिक अधिकार भएका मानिससँग विशेषाधिकार हुनेभएकोले उनीहरूलाई विश्वसनीय रूपमा हेरिनुपर्दछ र उनीहरूसँग असहमत व्यक्तिहरूलाई आक्रमण गर्न यसको दुरुपयोग गर्नुहुन्न।
  • मनोवैज्ञानिक हेरफेर: दुर्भावनापूर्ण रूपले कसैलाई आफ्नो धारणा, विचारमाथि शङ्का गर्न वा कुनै तर्कलाई आफ्नो पक्षमा पार्ने उद्देश्यले समझाउन वा कसैलाई इच्छित तरिकाले व्यवहार गर्नको लागि विवश गर्ने कारण बन्न सक्छ।

३.३ – सामग्री बर्बरता र परियोजनाहरूको दुरुपयोग

विकिमिडिया परियोजनाहरूमा जानेर पक्षपाती, झुटो, गलत वा अनुचित सामग्री पेश गर्नु, वा सामग्रीको निर्माण (र/वा रेखदेख)मा बाधा उत्पन्न गर्नु। यसमा सामेल छ तर सीमित भने छैन:

  • उचित छलफल वा स्पष्टीकरण नदिएरै कुनै पनि सामग्रीलाई प्रबल स्वेच्छा वा निरुत्साहित तरिकाले हटाउने
  • तथ्याङ्क वा दृष्टिकोणको विशिष्ट व्याख्यालाई समर्थन गर्न व्यवस्थित रूपमा सामग्रीलाई हेरफेर गर्नु (अविश्वसनीय वा जानाजानी झुटो स्रोतहरू प्रस्तुत गर्ने र सम्पादकीय सामग्री रचनाको सही तरिका परिवर्तन गर्दै।)
  • अभद्र भाषा, वा भेदभावपूर्ण भाषा अभिव्यक्तिको एक रूप हो जसको उद्देश्य उनी वा उनको व्यक्तिगत विश्वासको आधारमा व्यक्तिहरू वा समूहहरू विरुद्ध घृणा जगाउने, अपमानित गर्ने इच्छा राख्ने गर्छ।
  • अरूलाई डराउने वा हानी पुर्‍याउने उद्देश्यले प्रतीक, चित्र वा सामग्रीको अनुचित प्रयोग।